नेपालको अर्थतन्त्र 'भी' सेपमा पुनर्स्थापना हुन सक्छ : अर्थमन्त्री खतिवडा

 असार ५, २०७७ शुक्रबार १४:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसकाे असर परेको नेपालको अर्थतन्त्र 'भी' सेपमा पुनर्स्थापना हुने संभावना यथावत रहेको बताउनु भएको छ ।  

राष्ट्रियसभाको शुक्रबारको बैठकमा उहाँले अझै पनि अर्थतन्त्र भी' सेपमा पुनर्स्थापना' हुनसक्ने संभावना रहेको बताउनुभएको हो । 

उहाँले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदासमेत अर्थतन्त्रलाई 'भी' सेपमा पुनर्स्थापना गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि 'भी' सेपको पुनर्स्थापना संभव भएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकाले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताउनुभयो । 

उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजीकरण गरिरहेको समेत बताउनुभयो । उहाँले बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिनेलगायतका विषयमा सरकारले जोड दिएको स्पष्ट पार्नुभयो।

कोरोनाको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिनु भएकाे छ । सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत बताउँदै उहाँले निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुला गरिएको बताउनुभयो । 


 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया