स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
धरानका भएको परीक्षणमा झापाका र सुनसरीका गरी तीन जना, विराटनगरमा भएको परीक्षणमा मोरङका आठ जना, जनकपुरमा भएको परीक्षणमा महोत्तरीका २४ र सर्लाहीका तीन जनामा काेराेना पुष्टि भएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका तीन जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बाराका एक, बाग्लुङका १४, बैतडीका र गुल्मीका १८/१८ जना, डडेल्धुराका १२, डोटीका ६१, रुपन्देही, कैलाली, पाल्पा, नवलपरासी पश्चिम र काठमाण्डौका एक/एक जना, नवलपरासी पूर्वका १७, रामेछापका तीन जना, रौतहटका दुई जना र सर्लाहीका ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा धादिङका आठ जना, पाल्पाका १६ जना र भक्तपुरका सात जनामा काेराेना पुष्टि भएको छ । चितवनमा भएको परीक्षणमा नवलपरासी पूर्वका चार जना र स्याङ्जाका एक जनामा सङ्क्रमण पुष्टि भएकाे छ । हेटौँडामा भएको परीक्षणमा पाँच जनामा सङ्क्रमण देखिएकाे हाे ।
शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका दुई जना, पोखरामा भएको परीक्षणमा बाग्लुङका ६ जना, नवलपरासी पूर्वका ११ र तनहुँका २३ जनामा सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।
रुपन्देहीमा भएको परीक्षणमा पाल्पाका १६ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका १४ जना र बर्दियाका सात जनामा काेराेना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा रुकुम पश्चिमका एक जना, दाङका चार र प्युठानका आठ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।