धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिकलाई हराएर महत्वपूर्ण तीन अंक बटुलेको छ ।एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोलले हराएको हो । जितसँगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका हुन् । एट्लेटिकोले दर्शकबिहीन घरेलु मैदानमा पहिलो पटक खेलेको हो । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । ३० खेलबाट ५२ अंक जोड्दै एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ ।
भालाडोलिक ३३ अंक सहित तालिकाको १५ औँ स्थानमा छ । त्यस्तै लेभान्टेले स्प्यानियोललाई ३–१ ले हराएको छ । एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले हराउँदा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।