जोर–बिजोर नियम लागू भएपछि १४ हजारभन्दा धेरै गाडी कारबाहीमा

 असार ७, २०७७ आइतबार ११:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ - काठमाण्डौ उपत्यकासहित देशैभर आज बिजोर नम्बरका निजी गाडी चलिरहेका छन् ।

सरकारले सरकारले जेठ ३० गतेदेखि बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन  पाइने नियम लागू गरेको हो ।

यो नियम लागू भएपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट शनिबारसम्ममा नियम उलङ्घन गर्ने १४ हजार ५ सय ४३ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जसमध्ये  ११ हजार ४ सय ९२ दुई पाङग्रे र ३ हजार ५१ चार पाङग्रे निजी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै ६ सय ९२ वटा भाडाका ट्याक्सी कारवाहीमा परेका छन् ।

यसैबीच जोर बिजोर प्रणालीसँगै दुई पाङ्ग्रे सवारी साधनमा एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम ढकालले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

2 Comments

  • Ramesh khadka

    June 21, 2020, 7:11 p.m.

    नागरिकको पैसा खाने र दु:ख दिने बाहेक के जानेको छ नै ......सरकारलाई कर तिरेको फाइदा नागरिकले नयाँ प्रणाली मार्फत भोग चलन गर्नपाइन्छ /

  •  0 Reply
  • Shailes Kumar Tiwari

    June 21, 2020, 1:27 p.m.

    जोर बिजोर प्रणाली लागू गरेर मात्र सरकार लाई के ‌‌पाइदा हुन्छ न करोना जान्छ नत देश का जनता सुखि के के भईरहेको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया