नेपालमा अहिलेसम्म १ लाख ७५ हजार बढीकाे पीसीआर परीक्षण

 असार ७, २०७७ आइतबार २०:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा काेराेना भाइरसकाे प्रकाेप बढेसँगै परीक्षणकाे मात्रा बढाइएकाे सरकारले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ७५ हजार एक सय ७३ जनाको पीसीआर विधिमार्फत र दुई लाख ६२ हजार एक सय ७४ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार आठ जनाको पीसीआर र नाै हजार आठ सय ७४ जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको छ ।

अहिले देशभरिका क्वरेण्टीनमा ९४ हजार नाै सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा सात हजार दुई सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको सङ्ख्या एक हजार सात सय ७२ पुगेको छ ।

त्यस्तै काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या २३ पुगेकाे छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया