टेबल टेनिसको मुख्य प्रशिक्षकमा सञ्जिवकुमार ढुङ्गेल

 असार ७, २०७७ आइतबार १८:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद्ले टेबल टेनिसको मुख्य प्रशिक्षकमा सञ्जिवकुमार ढुङ्गेललाई नियुक्त गरेको छ । यसअघिका मुख्य प्रशिक्षक ५८ वर्षीय विनोद शाक्यले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई जिम्मेवारी दिइएको हो ।

४९ वर्षीय ढुङ्गेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् । गएको मङ्सिरमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ढुङ्गेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

१३ औँ सागमा नेपालले टेबल टेनिसमा एक रजत र चार कास्य पदक जितेको थियो । ढुङ्गेलले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबल टेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया