इंग्लिस प्रिमियर लिगमा चेल्सी र न्युक्यासलको जित, लिभरपुल र एभर्टनको बराबरी

 असार ८, २०७७ सोमबार ६:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एभर्टन गोलरहित बराबरी खेलेका छन् । उपाधि नजिक रहेको लिभरपुलसँग एभर्टनले बराबरी खेलेको हो ।

आज बिहान सकिएको खेलमा बराबरीपछि लिभरपुलको ३० खेलमा ८३ अंक छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ । सिटीको ६० अंक रहेको छ । त्यस्तै गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको छ । जितसँगै चेल्सीले ३० खेलमा ५१ अंक बनाएको छ । रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाको २७ अंक छ ।

त्यस्तै न्यूक्यासल युनाइटेडले ३–० गोल अन्तरले सेफिल्ड युनाईटेडलाई हराएको छ । ५० औं मिनेटमा जोन इगनले दोहोरो पहेँलो कार्ड पाएपछि सेफिल्ड १० खेलाडीमा सीमित भएको थियो । जीतसँगै न्यूक्यासल ३८ अंकका साथ १२ औं स्थानमा छ । ७ औं स्थानमा रहेको सेफिल्डको ४४ अंक छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया