बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

 असार ८, २०७७ सोमबार ९:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला  लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो । रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थान बनाएको हो । शुक्रबार बार्सिलोनाले सेभिल्लासँग गोलरहित बराबरी खेलेँंगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको हो ।

शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । सोसिडाड ४७ अंक सहित छैटाैं स्थानमा छ । रियाल मड्रिडका सर्जियो रामोसले नयाँ रेकर्ड समेत बनाएका छन् । उनी ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने पहिलो डिफेन्डर बनेका हुन् । रियल सोसिडाडसँगको खेलमा एक गोल गरेका रामोसले बार्सिलोनाका पूर्व खेलाडी रोनाल्ड कोइमनको रेकर्डलाई पछि पारेका हुन् । ला लिगामा रामोसले गोल संख्या ६८ पुर्‍याएका  छन् ।

यस्तै स्पेनीस ला लिगामा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाका गोन्सालो गुइडेस र रोद्रिगोले एक–एक गोल गरे । त्यस्तै अर्को खेलमा सेल्टा भिगोले फराकिलो जित निकालेको छ । सेल्टाले डिपोर्टिभो अल्भेसलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सेल्टा ३० अंक जोडेर लिगको १६ औं स्थानमा उक्लिएको छ । डिपोर्टिभो ३५ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया