'लकडाउन खुकुलाे भए पनि काेराेना महामारी टरिसकेकाे छैन, सतर्कता अपनाऔँ'

 असार ८, २०७७ सोमबार १६:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकोले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोरोना भाइरसको महामारी टरिनसकेकोले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गर्नुभएको हो । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाटलगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताउनुभयो । 

उहाँले सङ्क्रमण नियन्त्रणको लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लकडाउन हामी सबैको लागि गाहो कुरा थियो । घर मै बस्नुपर्‍याे । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ । काममा जान पाएका छौँ । नातेदार परिवारहरुलाई भेट्न जान पाइरहेका छौँ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि सङ्क्रमित हुन सक्छौँ, तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

‘यो सङ्क्रमणलाई नियन्त्रण गर्न हामी आफैले केही कदमहरु चाल्नु जरुरी छ । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडाकै मास्क भए पनि हुन्छ  । विशेषगरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुन पानीले बारम्बार हात हुने किनभने सङ्क्रमित व्यक्तिलाई तपाईँले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईँको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईँको शरीरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईँहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्न लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पालना गर्नु नै हो’, उहाँले थप्नुभयाे ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया