आज सङ्क्रमण पुष्टि भएका ५३५ जना कहाँका हुन् ?

 असार ८, २०७७ सोमबार १७:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या नाै हजार पाँच सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नाै हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोशालामा भएकाे परीक्षणमा पाल्पाका ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । कैलालीका ५८ जना, गुल्मीका ५६ जना, प्युठानका ३० जना, सप्तरीका १५ जना र झापाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । मोरङका १२ जनामा पनि काेराेना पुष्टि भएको छ ।

यस्तै जनकपुरमा भएको परीक्षणमा धनुषाका १० जना र ओखलढुङ्गा तथा महोत्तरीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । स्याङ्जाका ३३ जना काेराेना सङ्क्रमित थपिएका छन् । 

दाङमा भएको परीक्षणमा दाङका १३ जनामा कोरोना देखिएको छ । यस्तै अछामका दुई जना, अर्घाखाँचीका नाै जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका सात जना, जाजरकोटका एक जना, नवलपरासीका पाँच जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका तीन जना, सिरहाका २३ जना, रौतहटका ३४ जना र रुपन्देहीका १२ जनामा काेराेना पुष्टि भएको छ ।

भरतपुरमा भएको परीक्षणमा चितवनका पाँच जना र नवलपरासी पूर्वका २४ जनामा कोरोना भेटिएको छ । पोखरामा भएको परीक्षणमा तनहुँका ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया