दक्षिण काेरियामा काेराेना सङ्क्रमणकाे दाेस्राे लहर सुरु

 असार ८, २०७७ सोमबार २०:३१:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्राे लहर  सुरु भएकाे बताएको छ । सङ्क्रमणको पहिलो झट्कलाई सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने रोग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।

मे महिनामा नयाँ सङ्क्रमण शून्य नजिक पुर्‍याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रोग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना सङ्क्रमणको दोस्राे लहरकाे कब्जामा गएको बताएलगत्तै राजधानी सियोलका मेयरले कडा सामाजिक दुरीमा फर्कनुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।

दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा दुई सय ८० जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् । 

यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ९० लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ७१ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया