इटालियन सिरि ए मा युभेन्टसलाई ४ अंकको अग्रता

 असार ९, २०७७ मंगलबार ६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरि ए मा युभेन्टसले बोलोग्नालाई २–० ले हराएको छ । गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरेका हुन् ।

जितसँगै युभेन्टसले चार अंकको अग्रता लिएको छ । युभेन्टरले ६६ अंक र लाजियोको ६२ अंक छ ।

बोलोग्नाको मैदानमा भएको खेलको २३औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई अग्रता दिलाए । ३६औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै पहिलो हाफअघि नै युभेन्टसलाई २–० को अग्रता दिलाए ।

बोलोग्ना ३४ अंकसहित १०औं स्थानमा छ ।

अर्को खेलमा एसी मिलानले रेलिगेसन जोनको लेस्सेलाई ४–१ ले हरायो ।

मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए । ३९ अंक बनाएको मिलान सातौं स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया