रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना

 असार ९, २०७७ मंगलबार १४:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ ।

बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ ।

अङ्क तालिकामा समान अङ्क भए पनि गोल अन्तरकाे आधारमा रियल मड्रिडभन्दा पछि परेको बार्सिलोनालाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । ३० खेलमा ६५ अङ्क जोडेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ भने समान अङ्क भए पनि गोल अन्तरकाे आधरमा बार्सिलोना दोस्रो स्थानमा छ ।

यस्तै राति सवा ११ बजे हुने खेलमा एथ्लेटिको मड्रिड र लेभान्ते तथा भालाडोलिड र गेटाफेबीच खेल हुनेछ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया