टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना सङ्क्रमण

 असार ९, २०७७ मंगलबार १८:१३:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – टेनिस स्टार नोभाक जोकोभिचमा कोरोना सङ्क्रमण देखिएको छ । 

नोभाकले आफूमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । 

टेनिस स्टार जोकोभिचका पत्नीमा पनि काेराेना पाेजेटिभ पाइएकाे छ । ​बेलग्रेड पुग्नेबित्तिकै जाेकाेभिच, उनकाे परिवार र उनकाे टिमका सदस्य सबैकाे काेराेना जाँच गराइएकाे थियाे । 

जाेकाेभिचले एक बयान जारी गर्दै भने, 'हामी बेलग्रेड पुग्नेबित्तिकै परीक्षणकाे लागि अस्पताल गयाैँ । मेराे रिजल्ट पाेजेटिभ आयाे, मेराे पत्नीकाे रिजल्ट पनि पाेजेटिभ आयाे । हाम्राे बच्चाकाे रिपाेर्ट नेगेटिभ छ ।' 

उनी अहिले टेनिसको विश्व वरीयतामा शीर्ष स्थानमा छन् ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया