इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई हरायो

 असार १०, २०७७ बुधबार ६:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई दुई शून्यले हराएको छ ।

खेलको ६४ औं मिनेटमा वेष्ट ह्यामका सेल्सोले प्रहार गरेको कर्नर बल टोमस सौचेकको खुट्टामा लाग्दै गोल भएपछि घरेलु टिम टोटनहमले अग्रता बनाएको थियो । त्यसपछि ८२ औं मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यो जितपछि टोटनहमको ३१ खेलमा ४५ अंक छ । वेष्टह्यामको २७ अंक रहेको छ ।

त्यस्तै गएराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन् । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया