बार्सिलोना फेरि शीर्ष स्थानमा

 असार १०, २०७७ बुधबार ६:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे । जितपछि बार्सिलोनाले तीन अंक जोड्यो । बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ ।

३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने एक खेल कम खेलेको रियलको ६५ अंक छ । ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया