राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

 असार १०, २०७७ बुधबार १२:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

राष्ट्रपति कार्यालयकाअनुसार समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बेलुकी ५ बजे शितल निवास बोलाइएको हो । राष्ट्रपतिले कोरोना महामारीको अवस्था, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया