शाहीलाई टेबल टेनिस प्रशिक्षण केन्द्रकाे जिम्मेवारी

 असार १०, २०७७ बुधबार २०:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरमा रहेकाे राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

'टेबल टेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवर्द्धन गर्ने गरी तपाईँलाई जिम्मेवारी दिइएको छ’, राखेपका सदस्यसचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सदस्यसचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया