रियल म्याड्रिड फेरि शीर्ष स्थानमा

 असार ११, २०७७ बिहिबार ७:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल म्याड्रिड फेरि शीर्ष स्थानमा पुगेको छ । मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले गोल गर्न सफल भए ।

पहिलो हाफमा रियलले १ – ० को अग्रता लिएको थियो । ५६औं मिनेटमा नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाटप्रहार गरेको फ्रिकिकमा गोल भएको थियो ।

८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियल बिजयी भयो ।

जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया