फुटसल खोल्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

 असार ११, २०७७ बिहिबार १७:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फुटसल खोल्न पाउनुपर्ने माग गर्दै नेपाल फुटसल व्यवसायी सङ्घले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा ज्ञापनपत्र बुझाएको छ ।

फुटसलले शारीरिक तन्दुरुस्ती, मनोरञ्जन, मित्रता गाढा बनाउन सहयोग पुर्‍याउने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर फुटसल खोल्न पाउनुपर्ने व्यवसायीले माग गरेका हुन् । तीन महिनादेखि फुटसल बन्द हुँदा जग्गा भाडा, बैंकको ब्याज र कर्मचारीको तलब दिन समस्या भएकाेले फुटसल खोल्न पाउनुपर्ने व्यवसायीको माग छ ।

मैदान प्रवेश गर्नुअघि सबैको तापक्रम जाँच्ने, स्यानिटाइजरको व्यवस्था, व्यवस्थित बाथरुमको व्यवस्था र एक पटकमा १० जनाभन्दा धेरैलाई मैदान प्रवेश गर्न नदिनेलगायतका सतर्कता अपनाउने भएकाले फुटसल खोल्न पाउनुपर्ने उनीहरुको माग छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया