प्रिमियर लिगमा चेल्सीसँग सिटी पराजित

 असार १२, २०७७ शुक्रबार ७:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सिटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १९१ गोलको बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।

त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २ –१ को जित दिलाए । चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ ।

चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ । सिटीको ३१ खेलमा ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया