स्पेनिस  ला लिगा फुटबलमा इबार र रियल बेटिसको जित

 असार १२, २०७७ शुक्रबार ८:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला– लिगा फुटबलमा इबारले जित हात पारेको छ । घरेलु मैदानमा भ्यालेन्सियाका जोयोफ्री कोन्डोग्बीको आत्मघाती गोलबाट इबरले जित निकालेको हो ।

गएरातिको खेलमा भ्यालेन्सियालाई इबरले १ शुन्य  गोल अन्तरले हराएको हो । खेलको १६ औं मिनेटमा जियोफ्रीले आत्मघाती गोल गरेका थिए । यस्तै खेलको अन्तिम समय भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । इबरसँग पराजित भएसँगै भ्यालेन्सियाले ३१ खेलमा ४६ अंक जोडेको छ ।

भ्यालेन्सिया आठौं स्थानमा रहेको छ । ३१ खेलमा ३२ अंक जोडेको इबर १७ औं स्थानमा रहेको छ । यसैबीच ला लिगा अन्तर्गत गएराति नै भएको अर्को खेलमा रियल बेटिसले  स्पानियोललाई १–शुन्य गोल अन्तरले हराएको छ । रियल बेटिस १३ औं स्थानमा छ भने स्पनोल पुछारमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया