रोनाल्डोको गोलले युभेन्ट्सलाई ७ अंकको अग्रता

 असार १३, २०७७ शनिबार ८:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे ।

जितसँगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ । ५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका हुन् 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया