राखेपका पूर्वसदस्य सचिव राजबहादुर सिंहकाे निधन

 असार १३, २०७७ शनिबार १५:६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ ।

दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा छाउनीमा रहेको निवासमा निधन भएको हो । सिंहले २०४८ देखि २०५० सम्म राखेपको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टिमको पहिलो कप्तान पनि हुनुहुन्थ्यो ।

सिंहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया