स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ ।
कोरोना सङ्क्रमण रोक्न/नियन्त्रणको लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताउनुभयो । उहाँले कसैको भ्रममा परि यसको प्रयोग नगर्नसमेत आग्रह गर्नुभयो । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिको लागि काम गर्ने व्यक्तिहरुलाई कारबााहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना नियन्त्रणको लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाको नममा भ्रम नछर्न आग्रह गरेका छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले भाइरस सङ्क्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रक्रिया सुरु नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन । यस किसिमको विधि र प्रक्रिा सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरि नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रक्रिया अनुसार सरकारले नै वितरण गर्नेछ ।’
सङ्कटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर फर्खिने गरेको उहाँले बताउनुभयो । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिको गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेकपा स्थायी कमिटी सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।