एफए कप : म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

 असार १४, २०७७ आइतबार ७:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ गाेलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया