पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गयो

 असार १४, २०७७ आइतबार ११:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गएको छ ।

कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृङ्खला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो  । 

इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आजदेखि १४ दिन आइसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी सङ्क्रमित भए पनि पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो ।

 अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृङ्खला खेल्दैछ । दुई टोलीबीचको टेस्ट श्रृङ्खला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृङ्खला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया