अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।
यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।
यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।