प्रिमियर लिगमा बर्नलीको जित

 असार १६, २०७७ मंगलबार ६:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली विजयी भएको छ । गएराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जीत दर्ता गरेको हो ।

क्रिस्टलको मैदानमा बर्नलीलाई जित दिलाउन बेन मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२ औं मिनेटमा मीले गोल गरेका थिए । जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा छ ।

प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया