एट्लेटिकोसँग बराबरी खेलेपछि उपाधि होडमा रहेको बार्सिलोनालाई धक्का

 असार १७, २०७७ बुधबार ७:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजासँगै उपाधि होडमा रहेको बार्सिलानालाई  धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

डिएगो कोस्टाको आत्मघाती गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पेनाल्टी गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे ।

एट्लेटिकोबिरुद्ध मेस्सीले प्रहार गरेको पेनाल्टीलाई गोलकिपर जान ओबलाकले ठम्याउनै सकेनन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया