सिरि ए फुटबलमा युभेन्ट्सको जित

 असार १७, २०७७ बुधबार ७:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले हराएको छ ।

मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।

त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । ड्युगलस कोस्टाले ७३ औ मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ। 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया