मोराटाले र कोकीको गोलले एट्लेटिकोको सहज जित

 असार २०, २०७७ शनिबार ६:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हात पारेको छ ।

गएराति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए ।

कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया