जर्मन कपको उपाधि बार्यनलाई

 असार २१, २०७७ आइतबार ६:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्यन म्युनिखले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । गएराति भएको खेलमा बायर लिभरकुसेनलाई हराउँदै बार्यनले जर्मन कपको उपाधि जितेको हो । योसँगै बार्यनले १३ औं पटक एकै सिजनमा दुई वटा घरेलु उपाधि उचाल्न सफल भयो ।

बर्लिनमा भएको खेलमा बार्यनको जितमा रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । उनले यो सिजनमा कुल ५१ गोल गर्न सफल भए । खेलको १६ औं मिनेटमा अलाबाको गोलमा बार्यनले अग्रता बनायो । त्यसपछि २४ औं मिनेटमा किमिचको पासमा नार्बीले बार्यनले अन्तर दुई शुन्यमा पुर्याए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनको लागि ५९ औं मिनेटमा लेवान्दोस्कीले तेस्रो गोल गरे । 

६३ औं मिनेटमा बन्डेरका गोलमा लिभरकुसेनले खेल तीन एकमा पुर्याएको थियो । तर ८९ औं मिनेटमा फेरि लेवान्दोस्कीले गोल गर्दै खेललाई चार एकको अवस्थामा पुर्याए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल चार दुईको अवस्थामा ल्याएको थियो । तर त्यसपछि अरु गोल हुन सकेन र बार्यनले जर्मन कपको उपाधि उचाल्यो ।

यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया