इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित

 असार २१, २०७७ आइतबार ७:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीले वाटफोर्डलाई तीन शुन्यले हराएको छ । जितसँगै चेल्सीले शीर्ष तीनको दावेदारीतालाई कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको सहज जितमा ओलिभर जिरुड, विलियन र रोस र्बाक्लेले एक एक गोल गरे ।

स्ट्याम्फोर्ड ब्रिजमा खेलको २८ औं मिनेटमा जिरुडले उत्कृष्ट गोल गर्दै चैल्सीलाई अग्रता दिलाए । उनले रोस र्बाक्लेको गोलको फाइदा उठाए । त्यसपछि ४३ औं मिनेटमा विलियनले पेनाल्टीमा गोल गरे । क्रिस्टियन पुलिसिकलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा विलियनले गोल गर्न सफल भए ।

पहिलो हाफमा दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्यो । उसका लागि रोसले गोल गर्न सफल भए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा उनले गोल गरे । त्यसपछि वाटफोर्ड खेलमा फर्कन सकेन र पराजित भयो । कोरोनाका कारण स्थगित भएको प्रिमियर लिग सुरु भएपछि चेल्सीले चार खेलमा तीनमा जित निकाल्न सफल भयो ।

जितसँगै चेल्सीले ३३ खेलमा ५७ अंक बनाएको छ । उसको भन्दा लेस्टरको एक अंक बढि छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया