श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ

 असार २१, २०७७ आइतबार १३:४१:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ परेका छन् । 

मेन्डिसले चलाएको कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रशिक्षण सकेर फर्कने क्रममा दक्षिण कोलम्बोको पानदुरामा मेन्डिसले चलाएको कारले वृद्धलाई ठक्कर दिएको थियो । 

प्रहरीले उनलाई अनुसन्धानको लागि ४८ घण्टा हिरासतमा राख्न सक्नेछ । त्यसपछि अदालतमा उपस्थित गराइनेछ । 

मेन्डिस श्रीलङ्काली क्रिकेटका भरपर्दा ब्याट्सम्यान र वीकेटकिपर मानिन्छन् । उनले ४४ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी–२० अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेका छन् । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया