रियलले एट्लेटिको बिल्बाओलाई हरायो, बार्सिलोनाभन्दा ७ अङ्कले अघि

 असार २१, २०७७ आइतबार २०:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले बलियो मानिएको टिम एथ्लेटिको बिल्बाओलाई एक–शून्यले हराएको छ ।

आइतबार भएकाे खेलमा रियलको लागि खेलको ७३ औँ मिनेटमा सर्जिओ रामोसले पेनाल्टीमार्फत गोल गरे । डानी गार्सियाले मार्सेलोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो । आजको जितसँगै रियलको तालिकामा ७७ अङ्क भएको छ । 

एक खेल कम खेलेको बार्सिलोनाको भने ७० अङ्क रहेको छ । आज राति पौने दुई बजे बार्सिलोनाले भिल्ला रियलसँग खेल्दैछ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया