ओखलढुङ्गाका सङ्क्रमतिले जिते कोरोना, जिल्ला सङ्क्रमणमुक्त

 असार २२, २०७७ सोमबार १३:४४:१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – भारतबाट आएपछि कोरोना सङ्क्रमण देखिएका ओखलढुङ्गाका एक युवाले कोरोना जित्नुभएको छ ।

वीरगञ्ज हुँदै लिखु गाउँपालिकामा रहेको घर आउनुभएका उहाँलाई असार ७ गते क्वरेण्टीनमा रहेको समयमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँ जिल्लाको पहिलो सङ्क्रमित हुनुहुन्थ्यो । 

कामको सिलसिलामा भारत रहनुभएका २८ वर्षीय उहाँ असार ३० गते घर आउनुभएको थियो । कोरोनामुक्त भएपछि उहाँ कोरोना अस्पताल विराटनगरबाट सोमबार डिस्चार्ज हुनुभएको छ । १४ दिन उपचारपछि उहाँ निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । 

सङ्क्रमणमुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको तिवारीको भनाइ छ । सोमबार बिहानसम्म ती युवाबाहेक जिल्लामा अरुलाई कोरोना सङ्क्रमण देखिएको छैन । उहाँ डिस्चार्ज भएसँगै ओखलढुङ्गा सङ्क्रमणमुक्त भएको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया