राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी ढकाललाई

 असार २२, २०७७ सोमबार १८:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्तबहादुर ढकालले पाउनुभएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।

नयाँ खेलकुद ऐन आएपछि सदस्य सचिव रमेश सिलवालसहितका पदाधिकारी स्वतः पदमुक्त भएका छन् । अब छनोट समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले राखेपको सदस्य सचिव नियुक्त गर्नेछ । 

५७ वर्षीय ढकाल झण्डै एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आउनुभएको थियो । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य सचिव ढकाललाई बधाइ दिनुभयो ।  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया