साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
ओखलढुङ्गा – ओखलढुङ्गामा सङ्क्रमणमुक्त भएर घर फर्किएका तीन जना पुरुषमा फेरि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साउदी अरबबाट आएका दुई जना र एक जना बाग्लुङबाट काठमाण्डौ हुँदै घर फर्किएर क्वरेण्टीनमा रहेका गरी तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
लिखु गाउँपालिकाको क्वरेण्टीनमा रहेका २२, २८ र ३० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएकाले उपचारको प्रबन्ध मिलाउने काम भइरहेको जिल्ला कमाण्ड पोस्टका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।
उनीहरुको अवस्था हेरेर जिल्लाबाहिर पठाउने वा जिल्लामै उपचार गर्ने भन्ने यकिन हुने भट्टराईको भनाइ छ । यसअघि सङ्क्रमण देखिएका लिखुकै एक जना आजै उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।