वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरी – कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनको समयमा प्रत्यक्ष मार्कामा परेका महोत्तरीका किसानले ब्याजमा अनुदान रकम पाएका छन ।
जिल्लाका ६ हजार ६३२ किसानलाई कृषि ऋणतर्फ विभिन्न बैंकसँग ब्याजमा पैसा लिएकोमा चार महिनाको ब्याज अनुदान पाएका हुन ।
जिल्ला स्तरीय राहत तथा व्याज अनुदान कार्यक्रम अन्तर्गत निवेदन दिएका १३ हजार १५४ मध्ये हाललाई ६ हजार ६३२ किसानलाई यो अनुदान उपलब्ध गराइएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीका प्रमुख संजिव ठाकुरले जानकारी दिनुभयो । ३ लाख ३३ हजार ३३० रुपैयाँसम्म मूलधन भएकोहरुलाई ब्याज अनुदानको सूचीमा सामेल गरिएको प्रमुख ठाकुरले वताउनुभयो ।
यसरी बैंकमा ब्याज न्यूनतम १७५ रुपैयाँदेखि अधिकतम १३ हजार ३३३ सम्म रहेको छ । उहाँले चैतदेखि असारसम्म किसानले बैंकलाई तिर्नुपर्ने रकम अब यस ब्याज अनुदानबाट दिइने भएकोले किसानलाई थोरै भए पनि राहत हुने बताउनुभयो ।