वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ ।
यही बुधबार (भोलि) हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि स्थगित भएको छ । लकडाउन खुकुलो भए पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको छ ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र त्यससम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय गरेकाे थियाे । रथ निर्माणकाे काम असार १० गतेबाट सुरु भएको थियो । यसअघि लकडाउनकाे कारण चैत २८ मा पनि रथ निर्माणको काम स्थगित भएको थियो ।
वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवि कालदेखि निरन्तर चल्दै आएको छ । रातो मच्छिन्द्रनाथ रथ यात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । यसअघि २०७२ सालमा भूकम्पकाे कारण पनि तोकिएकाे मितिमा रथ यात्रा भएको थिएन ।