राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे ।
न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे ।
खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २१ औं मिनेटमा महरेजले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि रह्यो ।खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटी ३९० ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।
जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई १–० ले नै हराएको छ ।