लिभरपुलको जित कायमै, नयाँ रेकर्ड बनाउने बाटोमा

 असार २५, २०७७ बिहिबार ७:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटोनलाई तीन एक गोलले हरायो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे । जारी सिजनमा एक सय अंक पुर्याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलका लागि खेलको छैटौं मिनेटमा सलाहले केइटाको पासमा पहिलो गोल गरे ।

त्यसको दुई मिनेटमा सलाहको पासमा जोर्डन हेन्डर्सेनले लिभरपुको अग्रता दुई शुन्यमा पुर्याए । दुई गोलले पछि परेको ब्राइटोनले ४५ औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि लियनार्दो ट्रोसार्डले गोल गरे ।

पहिलो हाफमा दुई एकले अगाडी रहेको लिभरपुलले ७६ औं मिनेटमा तेस्रो गोल गर्यो । रोबेर्टसनको पासमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ । उसले अब म्यानचेस्टर सिटीले यसअघि बनाएको एक सय अंकको रेकर्ड तोड्नका लागि आठ पोइन्ट पछाडि रहेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया