उपाधि दाबेदार रियल मड्रिडले अलाभेससँग खेल्दै

 असार २६, २०७७ शुक्रबार १६:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा शुक्रबार लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले डिपोर्टिभो अलाभेससँग प्रतिस्पर्धा गर्दैछ ।

रियल मड्रिडको लागि निकै महत्त्वपूर्ण मानिएको यो खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक अङ्कले अघि रहेको रियलले आजको खेल जितेमा उपाधिको दाबेदारीलाई थप बलियो बनाउने छ ।

तर याे खेलमा बराबरी र हार भएमा बार्सिलोनाले पनि उपाधि दाबेदारीलाई बलियो बनाउन सक्नेछ । लिगमा रियलको ३४ खेलबाट ७७ अङ्क छ भने एक खेल बढी खेलेको बार्सिलोनाले ७६ अङ्क जोडेको छ । ला लिगामा शुक्रबार राति सवा ११ बजे रियल सोसिडाडले ग्रानडासँग खेल्दैछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया