वेष्ट इन्डिजलाई १ सय १४ रनको  अग्रता

 असार २७, २०७७ शनिबार ६:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा वेष्ट इन्डिजले १ सय १४ रनको अग्रता बनाएको छ ।

साउथह्याम्पटनको एजेस बाउलमा इंग्ल्यान्डलाई २ सय ४ रनमा अलआउट गरेको वेष्ट इन्डिजले तेस्रो दिन शुक्रबार अलआउट हुँदै ३ सय १८ रन बनाएको छ । वेष्ट इन्डिजका लागि क्रेइग ब्रेथवेट र शेन डोवरीचले अर्धशतकीय इनिङ्स खेले । ब्रेथवेटले ६५ रन जोड्दा डोवरीच ६१ रन बनाएर आउट भए ।

यस्तै रोस्टन चेसले ४७ तथा शाम्रह ब्रुक्सले २९ र जोन क्याम्पबेलले २८ रन जोडे । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसनले ३ तथा डम बेसले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड दोस्रो दिन बिहीबार २ सय ४ रन जोड्दा अलआउट भएको थियो । इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए ।

यस्तै इंग्ल्यान्डका लागि जोस बट्लरले ३५ रन जोड्दा डोम बेसले अविजित ३१ रन बनाए । रोरी ब्रुन्सले ३० तथा जोइ डेन्लीले १८ रन बनाए ।

वेष्ट इन्डिजका कप्तान जासन होल्डरले ४२ रन खर्चिएर ६ विकेट लिए । शानोन गार्ब्रियलको नाममा ४ विकेट रह्यो ।

इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्सको ब्याटिङ थालेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया