अष्ट्रेलियाको ए लिग फुटबल शुक्रबारदेखि हुने

 असार ३०, २०७७ मंगलबार ६:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका कारण चार महिनासम्म रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ ।

फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो ।

सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग हुनेछ । यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।

तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ ।

१४ दिनको क्वरेण्टीनपछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिइने छ । प्रवेश पाउने दर्शकको सङ्ख्या ४५ सय हुने बताइएको छ ।

कोरोनाको कारण अष्ट्रेलियामा करिब १० हजार मानिस सङ्क्रमित छन् भने १०८ जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया