साउथ ह्याम्पटनसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

 असार ३०, २०७७ मंगलबार ६:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र साउथ ह्याम्पटनको खेल बराबरीमा रोकिएको छ ।

तालिकाको चौथो स्थानमा उक्लने मौका रहेकोमा साउथ ह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड पाँचौं स्थानमा यथावत पनि रहन पुग्यो ।

वल्र्ड ट्राफोडमा पाहुना टोली साउथ ह्याम्पटनले गोल गर्दै १२ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि स्टुआर्ट आर्मस्टोङले गोल गरेका थिए । यसैगरी रासफोर्डले २० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

२३ औं मिनेटमा एन्टोनियो मार्सिएलले गोल गरेपछि युनाइटेड २–१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा त्यही नतिजा आत्मसाथ गरेको युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा आफूलाई सम्हाल्न नसक्दा बराबरी गोल व्यहोरेको हो ।

९६ औं मिनेटमा मिचेल ओवाफेमीले साउथह्याम्प्टनका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया