प्रिमियर  लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई हरायो

 असार ३१, २०७७ बुधबार ६:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार राति चेल्सीले घरेलु मैदानमा भएको  प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ ।

चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो । ओलिभर जिराउडको एकमात्र गोलले चेल्सीलाई जित हात पार्न सहयोग गरेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।
दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफूलाई थप सुरक्षित गरेको छ ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया