कतार विश्वकपको मिति सार्वजनिक, नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ मा सकिने

 साउन १, २०७७ बिहिबार ६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । जसमा प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

प्रतियोगिताको समूह चरणका बेला चार वटा खेल हुनेछन् । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन् ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया