इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

 साउन १, २०७७ बिहिबार ६:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।  बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्री किकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अघि रह्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए पनि सिटी २–१ ले विजयी भयो ।

घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । यस्तै सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ भने सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।

३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।  यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल गरे । न्युकासलका म्याट रिट्चीले एक गोल फर्काए ।

त्यस्तै बर्नली र उल्भ्सले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्  ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया